
Police tape surrounds the perimeter of the Matehuala Men's Club after a shooting inside the night club in Monterrey, Mexico, early Tuesday Aug. 14, 2012. According to the state security spokesman, four victims died at the scene of the attack late Monday, and four others died of their wounds at local hospitals. (AP Photo)
मेक्सिको सिटी,फागुन २६ । मेक्सिकोको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नामक रात्रि क्लबमा हतियारधारी व्यक्तिहरुको समूहले आक्रमण गरका बताइएको छ ।

अधिकारीहरुका अनुसार १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अरु दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु भएका सवै जना पुरुष रहेका छन् भने घाइते सवै जना महिला रहेका छन् । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रात्रि क्लबमा अज्ञात समूहले गरेको यस आक्रमणमा कैयौ पटक बन्दुक तथा ग्रिनेडसमेतको प्रयोग भएको आक्रमण भएको छ ।

त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच दोहोरो गोली हानाहान हुदाँ सात जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षा स्रोत पुष्टि गरेका छ । (रासस/सिन्ह्वा)