
काठमाडौं,फागुन २६ । साताको पहिलो दिन अर्थात् आइतबार नेपाल स्टक एक्सचेन्जको सिस्टममा समस्या आउँदा पूर्ण समय कारोबार हुन सकेन ।
आज करवि पौने १ बजेदेखि नै सिस्टममा समस्या आउँदा सेयर कारोबार रोकिएको हो । सामान्यतया शेयर कारोबार आइतबार देखि बिहिबार सम्म बिहान ११ बजे देखि ३ बजे सम्म हुने भएपनि कारोबार प्रणालीमा समस्या आएपछि पूरा समय सेयर कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । विगतमा कारोबार रोकिएको स्थितिमा समय थप हुँदै आएको थियो । तर आज सिस्टमको समस्या पूर्ण समधान भइनसकेको कारण देखाउँदै नेप्सेले समय थप नगरी कारोबार बन्द गरेको थियो।
करिब पौने २ घण्टा कारोबार भएको नेप्सेमा परिसूचक शून्य दशमलव ९४ बिन्दूले बढेको छ । यस दिन २ लाख २२ हजार २४२ कित्ता शेयर ९ करोड ३८ लाख ४२ हजार ८६१ रुपैयाँको मात्रै कारोबार भएको छ ।