काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड’ले तराईमा पृथकतावादी गतिविधि चलाइरहेको सिके राउत समुहसँग गरेको सम्झौता बिपरित काम गरे सरकारले निर्णय गर्ने बताएका छन् ।
पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने,- ‘संविधानको मुल मर्म र भावना अनुसार अनि नेपालको राष्ट्रिय एकता, स्वाधिनता, भौगोलिक अखण्डतालाई सम्मान गर्दै मुलधारको राजनीतिमा ल्याउने गरि सिके राउसँग सहमति भएको हो ।
भर्खरै जेलबाट छुटेको र आफ्ना कार्यकर्ता तथा नेताहरुलाई बुझाउन समय लाग्ने भएकाले जनकपुरमा भएको कुराले खासै अर्थ नराख्ने र यसबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको स्पष्ट पारेका हुन् ।
सिकेले जनकपुरमा गरेको सम्बोधन र नाराका बारेमा नेता कार्यकर्तालाई सिकेले कुरा बुझाउँदै गरेकाले त्यस्तो भएको र सरकार यसमा विश्वस्त रहेको प्रधानमन्त्रीले जनाएको समेत प्रचण्डले जनाएका छन् ।
प्रचण्डले यसमा थप प्रष्ट पार्दै भने, -‘सरकारको उद्देश्यमाथी शंका गर्नु पर्दैन, सिके रावतका गतिविधि सम्झौता विपरित हुँदै गए निर्णय गर्ने अधिकार सरकारलाई छ । सम्झौतामा द्विअर्थी लाग्ने भन्ने कुरा ९जनमत संग्रह० यो सरकारले चाहेर पनि गर्न सक्दैन । सविधानले नै प्रष्ट पारेको दुई तिहाईले निर्णय गर्नुपर्छ । यसमा कुनै आशंका गर्नुपर्दैन ।