महिला साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दै

महिला साफ च्याम्पियनसिप : उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दै

विराटनगर, फागुन २८ । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज मंगलबार घरेलु टोली नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै छ ।

विराटनगरको सहिद रंगशालामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ । बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले सुरुवातमा समूह चरण पार गर्ने लक्ष्य लिएको बताईसकेका छन् ।

ुहामी सबै विपक्षि राष्ट्रलाई कम आँक्ने छैनौं । नेपालको मनोबल उच्च रहेको छ,ु प्रशिक्षक हरि खड्काले भने, ुपहिले समूह चरणमा नै ध्यान दिने छौं । घरेलु मैदानमा खेल्नु दबाब भन्दा पनि अवसर हो । सबै खेलाडीमा उपाधि जित्ने भोक रहेको छ ।ु

पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकहो साथ पनि हुनेछ ।

त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।

तर, भुटानले नेपाललाई कडा टक्कर दिने बताएको छ । भुटानका कप्तान सोन्मा छोडेनले नेपाललाई चुनौती दिने गरि तयारी गरेको बताएकी छिन् ।

ुनेपाल बलियो टोलि हो तर, हामीले टक्कर दिने छौं भन्नेमा आशावादी छौं,ु कप्तान छोडेनले भनिन्, ुहामीले सोहि अनुसार तयारी गरेका छौं ।ु

यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।

० Comments




Trending News