न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, ‘केहीको मृत्यु’

दियो पोस्ट  

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ‘केही मानिसको मृत्यु’ भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ।

स्थिति अझै अस्पष्ट

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्।

उनले भनिन्, “अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।”

अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,”पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।”

“मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।”

Twitter post by @radionz: Christchurch mayor Lianne Dalziel speaking on @CheckpointRNZ  "This is not something I would ever expect to see in this city and it's not something I would ever expect to see in New Zealand."

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्।

आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ।

‘बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो’

बाङ्ग्लादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन्।

Twitter post by @mushfiqur15: Alhamdulillah Allah save us today  while shooting in Christchurch in the mosque...we r extremely lucky...never want to see this things happen again....pray for us
Twitter post by @BLACKCAPS: Our thoughts are with everyone in Christchurch. We can confirm that both teams and support staff groups are safe and accounted for. We will be working with authorities on the next steps regarding tomorrow’s scheduled Test. @BCBtigers

आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए।

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।Skip Twitter post by @BCBtigersView image on Twitter

Bangladesh Cricket@BCBtigers

All members of the Bangladesh Cricket Team in Christchurch, are safely back in the hotel following the incident of shooting in the city.

The Bangladesh Cricket Board is in constant contact with the players and team management.#ChristchurchMosqueAttack4829:30 AM – Mar 15, 2019177 people are talking about thisTwitter Ads info and privacy

End of Twitter post by @BCBtigers

सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन्।

‘मुस्लिम्ज इन न्यूजिल्यान्ड’को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ।