१० वर्षे जनयुद्धको झझल्को दिनेगरी विप्लव समुह जंगलमा , १५ फोटोमा हेर्नुहोस्

दियोपोस्ट संवाददाता

काठमाडौं, १ चैत्र । १० वर्षे जनयुद्धका क्रममा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरु हात हतियार र गोलीगठ्ठा सहित लाइन लागेर गाउँ घर चहार्थे । त्यतिबेला माओवादीका कार्यकर्ताको लामो फर्मेशन हुने गर्दथ्यो । ठीक त्यस्तै गरी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता जंगल पसेका छन् ।


नेकपाका कार्यकर्ता केही दिनअघि धरानको एक जंगलमा लाइन लागेर हिँडेको तस्विर दियोपोस्टले फेला पारेको छ । करिब ३०–४० जनाको समुह फर्मेशनमा हिँडेको देखिएको छ । उनीहरुले कम्युनिस्ट पार्टीको हसिया हथौडा अंकित झण्डा हातमा लिएका छन् ।


सरकारले राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाएपछि चन्द नेतृत्वको नेकपा यतिबेला भूमिगत भएको छ । आफ्ना गतिविधिलाई निकै गोप्य राखेको यो समुहलाई सुरक्षा निकायले निकै ठूलो चुनौतीको रुपमा हेरेको छ ।


कतिपयले विप्लव समुहलाई सरकारले नै युद्धमा होमेको भन्दै सामाजिक सञ्जाल मै आलोचना गरिरहेका छन् ।


यतिबेला नेपालका विभिन्न ग्रामिण क्षेत्रमा विप्लव समुहका कार्यकर्ताहरु अभियानमा हिँडेको बताइन्छ ।



सम्बन्धित खबर

सिफारिस