विप्लव ने.क.पा.का पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ गिरफ्तार !

दियो पोस्ट  

ललितपुर, चैत २ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ने.क.पा का पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्त ललितपुरबाट पक्राउ परेका छन् । विप्लव समूहलाई तिवन्धको घोषणा गरेर धरपकड शुरु गरेको सरकारले जीवन्तलाई आज ललितपुरबाट गिरफ्तार गरेको हो ।
गएराति ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका बेला पुलिसले गिरफ्तार गरेको पारीवारीक स्रोतले जनाएको छ ।
सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा जानासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको जनाईएको छ ।
उनलाई पक्राउ गरिएको बारे ललितपुरमा एसपी रबीन्द्र धानुकले जानकारी नभएको प्रतिकृया दिएका छन् ।
यस अघि पनि पक्राउ परेका उनी त्यतिबेला सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए ।