रवी लामिछाने विरुद्ध वाईसिएल अध्यक्ष खनिए – ‘लामिछाने पत्रकार नामको पेटिकोट लम्पट’ !

दियो पोस्ट  

काठमाडौं, २ चैत्र । टेलिभिजन पत्रकार रवी लामिछाने विरुद्ध माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा तिब्र आक्रमण गरेका छन् ।


केही दिन अघि टेलिभिजन कार्यक्रममा पूर्व माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जथाभावी गाली गलौज गरेको भन्दै उनीहरुले कारबाहीको माग समेत गरेका छन् ।


पूर्व माओवादी निकट भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिका र महासचिव सुवोध श्रीपालीले सामाजिक सञ्जालबाटै धम्की दिएका छन् ।


वाईसिएल अध्यक्ष दीपशिखाले लामिछानेलाई पेटिकोट लम्पटको संज्ञा दिएका छन् ।


‘पत्रकार नामको एक पेटिकोट लम्पटले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए त्यो खेदजन्य मात्रै छैन माफियोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारबाही गर सरकार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । यता महासचिव सुवोध श्रीपालीले आफूहरुले कारबाही गर्ने संकेत दिएका छन् ।


‘पत्रकार रवि लामिछानेलाई कानुन बमोजिम तत्काल कारबाही गरिनुपर्छ । यदि राज्यले समयमा नै सहि कदम नचालेमा हिसाब कसरी मिलान गर्ने हामीलाई राम्ररी थाहा छ,’ श्रीपालीले सामाजिक सञ्जालबाटै चेतावनी दिएका छन् ।