चितवन, ४ चैत्र । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रुको मृत्यु भएपछि स्थानियबासी आन्दोलित बनेका छन् ।
अन्दाजी १६ वर्षका वसन्त थापाको मृत्युभएको हो । बोलेरकोको ठक्करबाट गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा विहान १०ः०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार विहान ९ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले युवकलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ । मृतकका आफन्त र स्थानियले गाडीको लापरवाहीले युवकको ज्यान गएको भन्दै कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि यातयात अवरुद्ध भएको छ ।
प्रहरीले स्थानियलाई उल्टै गोली हान्छु भनेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् ।