राष्ट्रिय सभामा विप्लवको चर्चा, वार्तामार्फत सहमती खोज्न सरकारको ध्यानाकर्षण

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत्र ४ । राष्ट्रिय सभाको आइतबारको वैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । सांसद राधेश्याम अधिकारीले प्रमुख प्रतिपक्ष दल लगायत असन्तुष्ट पक्षहरुलाइ विश्वासमा लिएर अगाडी बढ्नुपर्ने बताए ।

देश १० बर्षे जनयुद्धबाट थलिएर यहाँसम्म आइपुग्दा देशले पुनः विद्रोह थेग्न नसक्ने र देशमा शान्ति सु–व्यवस्था कायमै राख्नका लागि असन्तुष्ट पक्षका मागहरुलाई सम्वोधन गर्नका लागि सरकार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । उनले विस्तृत शान्ति सम्झौताको समयमा विप्लव आफु पनि हस्ताक्षरमा सहभागी भएको र उनले शान्ति सम्झौताका मर्मलाई बुझ्नसमेत आग्रह गरे ।

सांसद चक्रप्रसाद स्नेहीले सरकारले सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठन गरेको वार्ता टोलीले चन्दको समूहलाई कति पटक वार्तामा बोलायो भनि प्रश्न गरे । उनले विप्लव समुहको समस्यालाई समाधान गरि सरकारले विशेष चासो देखाउन आग्रह गरे ।

सांसद खेमराज नेपाली र हरिचरण शिवाकोटीले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठवन्धनलाई मुलधारमा ल्याउनु सरकारको राम्रो काम भएको र विद्रोहको बाटोमा रहेको विप्लव समुहलाई पनि वार्तामार्फत राजनीतिक समाधान खोज्नुपर्ने बताए ।

सम्बन्धित खबर

सिफारिस