पूर्व तयारी नभएका आयोजनामा बजेट विनियोजन नगर्न सरकारलाई निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत ४ । संघीय संसदको अर्थ समितिले आउने आर्थिक वर्ष पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले आउने आर्थिक वर्षदेखि पूर्व तयारी सम्पन्न नभएका आयोजनमा बजेट विनियोजन नगर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले बजेट कार्यान्वयन गर्न समितिको दिएको निर्देशन पालना नहुनुको कारणबारे एक हप्ता भित्र समितिमा स्पष्टिकरण दिन पनि अर्थ मन्त्रालयलाई सचेत गराएको छ ।

समितिले हरेक दिनको आयोजना कार्यान्वयनको प्रगति विवरण राख्न के गर्न सकिन्छ रु भन्ने सुझाव सहितको विवरण १५ दिन भित्र समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

सिफारिस