धादिङको पर्यटन तथा औद्योगिक मेला सकिएको हप्तादिनसम्म रायटार चौरमा फोहोरको थुप्रो (फोटोफिचर)

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, ४ फागुन । गत फागुन १७ गतेदेखि २७ गतेसम्म धादिङको बीच बजारस्थित रायटारमा धादिङ पर्यटन तथा औद्योगिक मेला २०७५ आयोजना भएको थियो । जिल्ला होटल संघले आयोजना गरेको उक्त मेलाको उद्घाटन गर्न पूर्व राष्ट्रपति रामवरण यादव नै पुगेका थिए ।

तस्विर : Dhadingpost


मेला सकिएको करिब २ हप्ता भइसकेको छ । तर, मेला स्थल रायटार चौर भने दुर्घन्धले ग्रस्त बनेको छ । मेलामा सहभागीहरुले गरेको फोहरको डंगुर अहिलेसम्म कसैले सफा गरेका छैनन् ।


‘धादिङको पर्यटन उद्योग मेला आयोजना भनियो । कार्यक्रम सबै मधेस तिरका मान्छे आएर देखाए । पैसा पनि उनीहरुले नै लगे,’ एक स्थानिय भन्छन्,‘यहाँ धादिङमा भने फोहोर मात्रै जम्मा पारेर गए ।’


गत फागुन २७ गते मेला सकिएपनि आयोजक भनिएको जिल्ला होटल संघ फोहोर नै सफा नगरी सम्पर्क विहिन भएको छ ।

सम्बन्धित खबर