निर्मला हत्या प्रकरणमा फरार एसपी डिल्लीराज बिष्ट अदालतमा उपस्थित

दियोपोस्ट संवाददाता

काठमाडौँ,चैत ५ । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा फरार रहेका तत्कालिन एसपी डिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।

अदालतले ३५ दिने सुचना जारी गरेसँगै एसपि विष्ट निवेदनसहित आज अदालतमा उपस्थित भएका हुन् । समय भएमा आज नै थुनछेक बहस चल्ने जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले बताउनुभयो ।

विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० का डिएसपि अंगुर जिसी भने सम्पर्कमा नआएका श्रेष्तेदार अवस्थीले बताउनुभयो । निर्मला पन्त हत्या प्रकरणमा विष्ट सहित प्रहरीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसूर र दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।

मुद्दाका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्धय एकिन्द्र खड्का र जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चादँनी साउँद जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस