इराकमा डुंगा डुब्दा सय जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, चैत ८ । इराकको मोसुल शहरमा रहेको टिगरिस नदीमा डुंगा डुब्दा कम्तीमा सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ  ।

डुंगामा दुई सय जना सवार थिए । उनीहरु सबैजना घुम्नका लागि पर्यटकीय आइल्याण्ड जाँदै थिए ।
दुर्घटनामा परेका ५५ जनालाई बचाइएको बताइएको छ । 

त्यहाँका अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यहाँ जानका लागि त्यसअघि नै चेतावनी दिएको बताएका छन् । उनीहरुले मोसुल बाँधको ढोका खोलिएका कारण पानीको वहाब बढेको जानकारी दिएका थिए ।