पूर्वमाओवादी विद्यार्थी नेता केसीको ‘विचौलियाधन्दा’: च्यातियो लेनदेन कागज (सिसिटिभि फूटेज)

दियोपोस्ट संवाददाता


७ चैत्र, रामेछाप । विद्यार्थी नेताको काम शिक्षाको क्षेत्रमा देखिएको समस्या उठाउने हो । यसअघिका ठूला नेताहरु शैक्षिक मुद्दा उठाएर मन्त्री र प्रधानमन्त्री सम्म बनिसकेका छन् । तर, यतिबेलाका विद्यार्थी नेता तथा कार्यकर्ता भने विचौलिया र वार्गेनिङको धन्दामा लाग्ने गरेको पटक पटक सार्वजनि हुँदै आएको छ ।

केही दिनअघि पूर्व माओवादी निकट एक विद्यार्थी नेताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले लिएको ७८ लाख घुस प्रकरणमा विचौलिया बनेर पुगेको भिडियो नै अनलाईन खबरले प्रशारण गरेको थियो । पूर्व माओवादीकै विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका पूर्व सचिव समेत रहेका विद्यार्थी नेताको त्यस्तै विचौलिया धन्दाको भिडियो दियोपोस्टले फेला पारेको छ ।


रामेछाप स्थायी घर भएका विद्यार्थी नेता मनोज केसी लेनदेन विवादमा विचौलियाको भूमिकामा देखिएको भिडियो दियोपोस्टले फेला पारेको हो ।


घटना यसरी सुरु हुन्छ


भक्तपुर कटुन्जे बस्ने कल्याणी कार्कीले सूर्यविनायक नगरपालिका ठिमी बस्ने गौरव कार्की र रमा खत्रीलाई दुवै जनाले आधा–आधा तिर्ने गरी रिन दिएकी थिइन् । तर तोकिएको समयमा कार्की र खत्रीले पैसा फिर्ता नगरेपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै गएपछि २०७४ फागुन २ गते रमा खत्रीको घरमा अधिवक्ता रामबहादुर मिजारले साढे सात लाखको सावा ब्याज कार्कीलाई दिने गरी कागज गराएका थिए । सहमति अनुसार रकम फिर्ता नगरेपछि कार्कीले पटक–पटक कार्की र खत्रीसँग पैसा मागेकी थिइन् ।


उनीहरुले पैसाको हिसाब किताब गर्न काठमाडौंको वानेश्वरको एक क्याफेमा बोलाएका थिए । क्याफेमा हिसाब मिलाउने भन्दै कार्कीको आफन्तलाई पैसा दिने गरी गरिएको सक्कल कागज लिएर आउन दोलखा निवासी गौरव कार्कीको बुबा गोविन्द बहादुर कार्कीले आग्रह गरेका थिए ।
सोही आग्रह अनुसार कल्याणी कार्कीको आफन्त उक्त क्याफेमा सक्कल कागज लिएर पुगेका थिए । केहीबेर छलफल चरिहेकै बेला कालो ज्याकेट लगाएका एक व्यक्ति हेलमेट सहित भित्र छलफलमा प्रवेश गरेको देखिन्छ । उनले अगाडी रहेका अर्का व्यक्तिसँग लेनदेनको कागज माग्छन् । लामो समयसम्म विवाद चलेपछि उनले नजिकै रहेका अर्का व्यक्तिलाई लेनदेनको सक्कल कागज दिएर च्यात्न लगाउँछन् ।


उक्त क्याफेमा पैसा पाउने भएपछि खुसी हुँदै कल्याणी कार्की भक्तपुरबाट नयाँ वानेश्वरतर्फ आउदै थिइन । तर कार्की वानेश्वरबाट कोटेश्वर आइपुग्दा अचानक कागज च्यातिएको खबर पुगेको थियो । आफूले पाउनु पर्ने पैसाको कागज च्यातिएपछि उनी छांगाबाट खसेकोजस्तो भएकी थिइन ।

कल्याणी कार्की उक्त क्याफेमा आइपुग्दा कागज च्यातेर मनोज केसीको समुह भागेको थियो ।

छलफलको क्रममा केसीले नै कार्कीको आफन्तसँग के कसो रहेछ भनेर हर्ने कागज मागेका थियो ।

हेर्नुहाेस् भिडियाे

भिडियोमा कार्कीको आफन्तले पनि निकै पटक मागेपछि कागज दिएको देखिन्छ । उक्त कागज केसीले पढेका थिए । लगत्तै आफन्तसँग भनाभन गरेर केसीको समुह कागज च्यातेर भागेको थियो ।


लेनदेनको कागज च्यातिएपछि पीडितले केसी लगायतका विरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए । उनीहरुले कागज च्यात्ने गिरोहलाई कारबाही गर्न माग गरेका थिए । तर, प्रहरीले यस विषयमा चासो नदेखाएको बताइन्छ ।


सुनापती गाउँपालिका–४ बेथानस्थित जुगेपानीका विद्यार्थी नेता केसी नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरलेको नजिकको व्यक्ति भन्दै हिड्ने गरेका छन् ।


नेकपा रामेछापको प्रस्तावित जिल्ला कमिटीमा सिफारिस भएका केसी जिल्लामा विवादित व्यक्ति मानिन्छन् । स्थानीय तहको निर्वाचनमा दोहोरो भूमिका खेलेपछि उनलाई पार्टीभित्रबाटै कारवाही गर्नुपर्ने माग समेत उठेको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पनि उनी पार्टीबाट उठेका रामेछापका उम्मेदवारलाई जिताउन लाग्नुको सट्टा नारायणकाजी श्रेष्ठलाई जिताउन गोरखा पुगेका थिए ।

सम्बन्धित खबर

सिफारिस