प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने विद्येयक कांग्रेसले मान्दैनः शेखर कोइराला

दियो पोस्ट  

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सूरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कूरा उल्लेख गरेर ल्याउन लागेको विधेयक नेपाली कांग्रेसले कूनै पनी हालतमा नस्विकार्ने बताएका छन् ।

बिधयकले नेपाली सेनाको मनोबल घटाएको पनी उनले बताए । डा कोइरालाले धानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक विधेयक जून दिन पास हून्छ त्यही दिनदेखी लोकतन्त्र समाप्तीको बाटोतर्फ लाग्ने बताए । लोकतन्त्र बिरोधी र निरंकूशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्विकार्न नसकिने उनले बताए ।

कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफू मातहत राखेको बताए ।

नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितीले चितवनको टॉडीमा गरेको प्रशिक्षणमा डा कोइरालाले महासमिती बैठकको राजनितीक प्रस्तावमा संसद पूनस्थापनाको कुरा उल्लेख नगरेर नेतृत्वले पार्टीको ईतिहॉस मेटाउॅन लागेको बताए ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद पुनस्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनी जेलमै हुने भन्दै डा शेखरले संसद पूनस्थापनाकै जगमा मुलुकले अहिलेको उपलब्धी प्राप्त गरेको बताए ।

पार्टीले दूरदराजका कर्मठ र ईमान्दार कार्यकर्ताहरूलाइ न्याय दिन नसकेको बताउदै उनले १४औं महाधिवेशन पछी कोही माथी पनि अन्याए हून नदिने बताए ।