विप्लव माथिको प्रतिबन्ध खारेज गर्न वैद्यको माग

दियोपोस्ट संवाददाता

काठमाडौँ,चैत ९ । मोहन वैद्यले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न माग गरेका छन् ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी मााओवादी०का महासचिव वैद्यले यस्तो माग गरेका हुन् ।

‘विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न माग गर्दै वैद्यले वार्ताबाट समस्या समाधान गर्न माग गरेका छन्।

‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ’, वैद्यको विज्ञप्तिमा भनिएको छ।

वैद्यले शुक्रबार राति विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौजना पक्राउ परेको र उनीहरुमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएको छ।

सम्बन्धित खबर

सिफारिस