बिजय घिमिरे दोस्रो पटक सगरमाथा चढ्दै, सबैभन्दा ठुलो नेपालको झण्डा गाडिने

दियो पोस्ट  

काठमाडौँ, १० चैत । ‘प्रथम दलित सगरमाथा आरोहण’ अभियान अन्र्तगत ८ जेठ २०७४ मा पहिलो पटक बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि बिश्व किर्तिमानी कमाएका आरोही बिजय घिमिरे बिश्वकर्माले पून दोस्रो पटक सगरमाथा आरोहण गर्ने भएका छन् । उनले शनिवार पत्रकार सम्मेलनको अयोजना गरि आफुले दोस्रो पटक सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएका हुन् ।

यसपटकको आरोहणमा अहिले सम्मकै सबैभन्दा ठुलो नेपालको झण्डा सगरमाथाको शिखरमा गाडेर आउने आफ्नो लक्ष्य रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘सबै खाले जातीय, भाषिक, लैङ्गिक र वर्गीय बिभेद अन्त्यका लागि हाम्रो अभियान, पुर्ण समानुपातिक र समतामूलक समाज निर्माणका लागि सगरमाथा आरोहण’ भन्ने मुल नारा का साथ ६० लाख दलित समुदाय को प्रतिनिधित्व गर्दै आफुले दोस्रो पटक सगरमाथा आरोहण गर्न लागेको उनले बताए ।

कार्यक्रममा बराह ज्वेलर्सका सुमन बाराइलीले ‘बराह ज्वेलर्स’को लोगो सहितको ब्यानर हन्तान्तरण गर्दै आरोही बिजय घिमिरे बिश्वकर्मालाई सफल आरोहणको शुभकामना दिए । उक्त ब्यानर सगरमाथाको चुचुरोसम्म पुर्याई बिश्वकर्मा समुदायको सिपलाई बिश्वसामु चिनाउन आफुले पहल गर्ने आरोही बिश्वकर्माले बताए । उनले भने, ‘दलितहरु कलाले युक्त भएका श्रमजीवि वर्ग हु्न्, बिश्वकर्मा जातीको सुनचाँदीका गहना बनाउने कला ब्यवसाय बिश्वमा उत्कृष्ठ छ, यसलाई मैले बिश्वसामु चिनाउने प्रयत्न गर्नेछु ।’ दलितहरुलाई अछुत भन्नेहरुलाई सांकेतिक रुपमा बिरोध गर्दै बिश्वको सर्बोच्च शिखरसम्म उनीहरुको कलालाई स्थापित गरिने उनले बताए ।

आरोही बिश्वकर्माले आफुले छिटोभन्दा छिटो सगरमाथा आरोहण गरि फर्किने बिश्वास ब्यक्त गर्दै शिखर चढ्नका लागि आफुलाई प्रेरणा दिने र सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिए ।

उनी सगरमाथा आरोहणका लागि मंगल बार बिहान ७ बजे त्रिभुवन बिमानस्थलबाट सोलुखुम्वुतिर प्रस्थान गर्नेछन् ।