युरोकप छनोट: नेदरल्याण्ड्समाथि जर्मनीको रोमाञ्चक जित !

दियो पोस्ट  

काठमाडौं, चैत ११ । युरोकप छनोट अन्तर्गत जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकालेको छ । बेल्जियमले लगातार दोस्रो खेलमा जित निकाल्दा जर्मनीले पनि जित हासिल गरेको हो ।
समुह आइ अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शुन्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शुन्यले अगाडी राखे । तर त्यसपछि बेल्जियमले बारम्बार मौका पाउदा पनि थप गोल गर्न सकेन र दुई शुन्यको जित निकाल्यो ।

इस्तै अर्को खेलमा पोल्याण्डले पनि लातभियालाई दुई शुन्यले नै हरायो भने नर्दन आयरल्याण्डलले बेलारुसलाई दुई एकले पाखा लगायो ।

जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शुन्यले अगाडी रह्यो ।

तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फकाउदै सनसनी मच्चाएको थियो । उसका लागि डी लिग्ट र डीपेले एक एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए ।