काठमाडौँ, चैत ११ । नेकपाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन,–आ–आफ्नो क्षेत्रमा गएर राय बुझेर आउनु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो क्षेत्रमा गएर आवश्यकता पहिचान गरी राय सुझाव लिएर आउन नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुलाई निर्देशन दिनुभएको छ । संसद भवन नयाँवानेश्वमा आज बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आ–आफ्नो क्षेत्रको आवश्यकता पहिचान गरी सरकारलाई सुझाव दिन आग्रह गर्नुभयो ।
सांसदहरुको राय सुझावकै आधारमा अवको नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने भएकोले प्रधानमन्त्री ओलीले देशैभर बजेट आवश्यक पर्ने क्षेत्रको पहिचान गर्न भन्नुभएको नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । जिल्ला र क्षेत्रका नागरिकसँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न पनि प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले नागरिकमा नेकपाको लोकप्रियता अझै बढीरहेको दाबी गर्दै नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताउनुभयो ।