निर्मला हत्याकाण्डका आरोपी दिलिपसिंह विष्टको बयान : २० रुपैयाँ मध्ये रु.१० को खुकुरी चुरोट खाएँ ! (पूर्णपाठ)

दियो पोस्ट  


काठमाडौँ, ११ चैत्र । निर्मला पन्त बलत्कार र हत्या अभियोगमा आरोपित दिलिप सिंह बिष्टले दिएको बयान दियोपोस्टले फेला पारेको छ । उनले आफ्नो बयानमा निर्मला पन्तलाई जवरजस्ती बलत्कार गरि हत्या गरेको अस्विकार गरेका छन् ।


तपाईं फौजदारी अभियोगमा सजाय पाउनु भएको छ छैन भनि अदालतले सोधेको प्रश्नको जवाफमा बिष्टले आफु ९ वर्ष कर्तब्य ज्यान मुद्धामा जेल सजाय काटी मिति १५ जेठ २०७४ मा जिल्ला कारागार कन्चनपुरबाट छुटी आफ्नै जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं १९ बागफाँटामा बस्दै आएको बताएका छन् ।


२०६५ सालमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं १८ बस्ने नारायण सिंह थापाको टाउकोमा काठको चिर्पटले प्रहार गरि कर्तब्य गरि मारे पश्चात जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट कर्तब्य ज्यान मुद्धामा ९ वर्ष सजाय भोगि छुटेको उल्लेख छ ।

अदालले निर्मला पन्तको हत्या भएको दिन र अन्य समयमा तपाई कहाँ के गर्दै हुनु हुन्थ्यो भनि सोधेको प्रश्नमा आफु प्राय जसो घुमफिर गर्नका लागि बजार निस्किने गरेको उनको बयानमा उल्लेख छ । उनले भनेका छन्, ‘मैले मिति १० साउन २०७५ गते, बिहान ९ बजेको समयमा खाना खाएर बजार घुमफिर गरि सोही दिन साँझ ५ वजेको समयमा म आफ्नो घर फिर्ता भएको थिँए ।’


उनी घर पुग्दा घर परिवारका अन्य सदस्यले खाना खाइसकेको र आफ्नो भागको खाना खाई सुतेको उनले वताएका छन् । दोस्रो दिन बिहान उठी खाजा खाई बिहान साडे ९ बजेको समयमा बजार घुमफिर गर्नको लागि पैदल हिँडी बजारतर्फ आएको उनको बयानमा उल्लेख छ ।


‘बजार आइराखेको अवस्थामा जिल्ला कन्चनपुर भिमदत्त नगर पालिका वडा न. १८ सालघारी जंगल सडक खण्डमा मानिसहरुको भिडभाड देखि मैले नचिनेको मानिसलाई के को भिड हो भनि सोध्दा पन्तको छोरीको बलत्कार गरेर मारेको छ भनि बताएका थिए । कता हो भनि सोध्दा यतातिर हो भनि मलाई बताएनन्,’ बयानमा उल्लेख छ ।


सोही समयमा मैले चिनेका जिल्ला कन्चनपुर भि.न.पा.वडा नं. २ फल्टाखाम स्थित ९ नं. टोलमा बस्ने कमल शाहलाई महाकाली अंचल अस्पतालको गेट नजिक भेटेको थिए । सो ठाउँमा समेत भिडभाड थियो । निज कमल शाहले यो भिडभााडमा पर्छौ, उताजाउ भनि बताएका थिए ।’ सोही बेला आफुले चिया पानीको लागि कमल शाह खर्च मागेको र नीजले २० रुपैँयाको एउटा नोटआफुलाए दिएको उनले बताएका छन् । सोही साँझ साडे ५ वजेको समयमा घर फिर्ता हुने क्रममा उनलार्ई एकिन नाम थाहा नभएको कुँवर भन्ने साउजीको पसलबाट कमल साहले दिएको २० रुपैँया मध्येबाट १० रुपैयाँको खुकुरी चुरोट खरिद गरेको उनको बयानमा उल्लेख छ ।


बाँकी १० रुपैयाँको मेघाश्री नामक गुट्खा खरिद गरि आफु घर गएको बताएका छन् । उनी राती साडे २ वजे मात्र घर पुगेको बयानमा उल्लेख छ ।


प्रस्तुत मुद्धामा तपाइले आफ्नो बचावका लागि कानुन ब्यवसायी राख्नु भएको छ कि छैन भनि सोधिएको प्रश्नमा बिष्टले भनेका छन्, ‘हालसम्म राखेको छैन, अवश्यक परे राख्नेछु ।’


अदालतले जाहेरी दर्खास्त सहितका मिसिल साथ संलग्न सम्पूर्ण कागाजातहरु पढिवाची सुनाइन्छ, सुन्नुहोस्? देखाइन्छ, होर्नुहोस भनेको छ । यसको उत्तरमा आरोपित सिंहले जाहेरी दर्खास्त सहितका मिसिल साथ संलग्न सम्पूर्ण कागाजातहरु सुन्दा र देख्दा सबै आफु बिरुद्ध भएको बताएका छन् ।
प्रस्तुत वारदातमा तपाइको के कस्तो संलग्नता छ, खुलाई दिनुहोस भनि अदालतले भनेको छ । यसको उत्तरमा आरोपी सिंहले आफ्नो संलग्नता नरहेको छ अन्यको बारेमा आफुलाई थाहा नभएको बताएका छन् ।


बरामदी मुचुल्कामा उल्लेखित खरानी रंगको हुक नभएको पाइन्ट कपडाको पाइन्ट १ थान, सेतोमा कालो धर्सा भएको बायाँ कोखा च्यातिएको बाउला वाला कपडाको सर्ट १ थान, बाँया पट्टी खल्ती नभई डाम रहेको निलो रंगको भित्र लगाउने गन्जी १ थान, Amit Gold लेखेको निलो कट्टु १ थान र खैरो रंगको जिन्स हाफ पाइन्ट तपाइको हो होइन हेरि चिनी सनाखत समेत गरिदिनु होस् भनि अदालतले राखेको जिज्ञासामा आरोपी सिंहले ‘बरामदी मुचुल्कामा उल्लेखित सबै सामान मेरो नै हो, मैले हेरि चिनी सनाखत गरिदिए’ भनेका छन् ।


तपाईंले सधै बिहान बजार गएर बेलुकी घर फर्किन्छे भनि आफ्नो बयानमा खुलाउनु भएको छ, यसमा तपाईंको घर परिवारले केही भन्छन कि भन्दैनन् भनि अदालतले सोधेको प्रश्नको जवाफमा सिंहले भनेका छन्, ‘मेरो घर परिवारले किन सधै बजार जान्छौ भन्ने गर्दथे, तर म बजार घुमेर आउँछु भनि घर परिवारका सदस्यलाई जानकारी समेत नगराई बजार आउने जाने गर्दथे ।’


घटनास्थलको बाटो आउने जाने क्रममा बाटो नजिक खोला किनारामा रहेको साइकल र मृतकको कापी तपाईंले देख्नु भयो भएन भनेर आरोपी विष्टलाई प्रश्न गरिएको छ । उत्तरमा आफुले कुनै पनि चिज र बस्तु नदेखेको आरोपी बिष्टले बताएका छन् ।


हत्या अभियोग लागेपछि आफुलाई प्रहरीले पक्राउ गर्न आएको र डरले भाग्न खोजेको भन्दै आफुले निर्मला पन्तलाई बलत्कार गरि मारेको होइन भनि सिंहले वयान दिएका छन् । ‘म सधै बिहानको समयमा घटनास्थलको बाटो हुँदै दिनभरि बजार घुमेर साँझको समयमा सोही बाटोबाट घर फिर्ता जान्छु । म निर्मला पन्तको घर परिवारलाई चिन्दिन’ बिष्टको बयानमा उल्लेख छ ।


गत साउन १० गते कञ्चनपुर भिमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलालाई न्याय दिन देशभर आन्दोलन चलेका थियो तर, घटना भएको ८ महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।