दुबै मृगौला फेल कृष्ण बहादुरलाई आर्थिक संकट, राष्ट्रिय मृगौला उपचार केन्द्रमा छटपटाउदै

दियो पोस्ट  

धादिङ, चैत १६ । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीका कृष्ण बहादुर सेडाईको काँधमा तीन सन्तानको जिम्मेवारी छ । गाउँमै सामान्य खेतीपाती गरेर बसेका उनले जेनतेन सन्तानको लालनपालन र पढाईमा योगदान दिएकै थिए ।

सामान्य परिवारका सेडाईँ आफैँ थला परेपछि अब उनको बालबच्चाको हेरचाह कसले गर्ने भन्ने पिरले सेडाईँलाई छाडेको छैन ।

विगत २ वर्षदेखि उनी दुबै मृगौला फेल भएर अस्पतालमा छटपटाईरहेका छन् । राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचाररत उनी नयाँ जीवन पाउने झिनो आश बोकेर बसिरहेका छन् । सेडाईँलाई आफू बाँचेर आफ्ना सन्तानको भविश्य सुन्दर बनाउने रहर छ ।

२ वर्षदेखि अस्पतालको बेड समातेर बसेका सेडाईको उपचामा अहिले आर्थिक अभाव चुलिएको छ । आर्थिक अवस्था कमजोर भएका उनलाई आफ्नै उपचारमा भएजत्ति सम्पत्ती सक्एिपछि अब कसरी उपचार अघि बढाउने भन्ने अर्को चिन्ता थपिएको छ ।

ज्वालामुखी गाउँपालिकाको कार्यलयले राष्ट्रिय मृगौला उपचार केन्द्रमा सिफारिस गरिदिएपछि उनी केन्द्रमा पुगेका हुन् ।

केन्द्रमा डाईलासिसको लागि पैसा नलागेपनि निको हुन मृगौला नै फेर्नुपर्ने भएकोले उनलाई आर्थिक समस्या आईपरेको हो ।

भनिन्छ थोपा थोपा मिलेर समुन्द्र बन्नेछ । कसैको सानो सहयोगले पनि सेढाईँले नयाँ जीवन पाउने भएकोले उनलाई सहयोग गर्न चाहनेहरुले कृष्णबहादुर सेडाईँको सानिमा बैंकको एकान्तकुना खाता नम्बर ०२८०११०६००००४५१.मा पैसा जम्मा गर्न या कृष्णबहादुलाई सिधै ९८६८१३६४६२ मा फोन गर्न सकिनेछ ।