मृगौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई मोदीको शुभकामना– ‘पशुपतीनाथले लामो आयु देउन्’

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुअगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । सोमबार दिउँसो मोदीले ट्वीटरमा अंग्रेजी भाषामा लेख्दै प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्यारोपणको कामना गरेका हुन् ।

‘मेरो प्रिय मित्र केपी ओलीजीको सफल उपचार र स्वास्थ्यस्थिति तीब्र सुधारको कामना गर्दछु’ मोदीले लेखेका छन्, ‘भगवान पशुपतीनाथले तपाईलाई सुस्वास्थ्य र दिर्घायूको सँधै आशिर्वाद दिउन् ।’ उनले ओली चाँडै निको भएर आफ्नो जिम्मेवारीमा फर्कने र नेपाल–भारत सम्वन्ध थप उचाईमा पुर्याउन थप प्रयासहरु हुनेसमेत उल्लेख गरेका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो समकक्षी मोदीलाई विशेष आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि आजै त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै छन् । यसअघि दिल्ली दिल्लीकोे अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको भएपनि यसपटक भने नेपालमै प्रत्यारोपण गर्न लागिएको हो । उनलाई नातामा भाञ्जी पर्ने समिक्षा संग्रौलाले मृगौला दिन लागेकी हुन् ।

सिफारिस