काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण नेपालमै हुने भएको छ । मृगौला प्रत्यारोपणका लागि विदेश जाने हल्लाकै बीच उनको उपचार नेपालमै हुन लागेको हो ।
ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
२०६३ सालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको उक्त मृगौलाले काम गर्न छाडेको छ । मृगौलाले काम गर्न छाडेपछि फेरी मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।