कतारको लागि श्रम स्वीकृती बन्द, अन्तिम स्वीकृती लिएका ३ हजार कामदार अन्यौलमा

दियो पोस्ट  

काठमाडौँ, फागुन २७ । सरकारले कतारको लागि श्रम स्वीकृती बन्द गरेको छ । कतारले नेपालसहित १४ देशलाई अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले मंगलबारदेखि नै कतार जाने कामदारहरुका लागि श्रम स्वीकृती दिन बन्द गरेको हो ।

सोमबार कतार सरकारले नेपाल सहित कोरोनाको जोखिम भएका अन्य १४ देशहरुलाई अर्को सुचना जारि नभएसम्मका लागि प्रतिवन्ध लगाइएको घोषणा गरेको थियो । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाभाइरसको उच्च जोखिममा रहेको विवरण सार्वजनिक गरेपछि कतारले कोरोनाभाइरसबाट सुरक्षित रहन तत्कालका लागि प्रतिवन्ध लगाएको हो ।

कतारले प्रतिवन्ध लगाएपछि यसअघि नै कतारका लागि श्रम स्वीकृती लिइसकेका ३ हजार भन्दा बढी कामदारहरु अन्यौलमा परेका छन् ।

सिफारिस