डिएसपी सरुवाः विवादित डिएसपी नविन कार्कीलाई वौद्ध वृत्तको नेतृत्व गर्ने जिम्मेवारी !

दियो पोस्ट  

काठमाडौँ, फागुन २७ । प्रहरी प्रधान कार्यलयले पाँच प्रहरी नायव उपरिक्षक (डिएसपी) सरुवा गरेको छ । सरुवा हुने डिएसपीहरुमा नविन कार्की, रमेश बहादुर सिंह, मदन कुँवर, भरत श्रेष्ठ र प्रतिक सिंह राठौर रहेका छन् ।

काठमाडौँ उपत्यकाकै चुनौतीपुर्ण मानिने वौद्ध क्षेत्रमा प्रहरीको नेतृत्व अब डिएसपी नविन कार्कीले गर्ने छन् । यसअघि जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत डिएसपी कार्कीलाई महानगरिय प्रहरी वृत्त वौद्ध सरुवा गरि त्यहाँको इन्चार्ज जिम्मा लगाइएको छ ।

रौतहटमा कार्यरत रहँदा नै विवादीत बनेका डिएसपी कार्कीलाई सेटिङकै आधारमा महानगरिय प्रहरी वृत्त वौद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको श्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत विवादित एसपी भुपेन्द्र खत्रीको डिजाइनमा उनलाई महानगरीय प्रहरी वृत्त बौद्ध काज गरिएको छ। यसअघि इलाका प्रहरी कार्यलय दमक रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकिय सचिव दिपेन्द्र दाहाल संग चिनजान भएको र उनै दाहाल र एसपी खत्रीकै सेटिङमा कार्की वौद्धको नेत्रित्वमा आएको उच्च स्रोतको दावि छ ।

नेपाली काँग्रेसका निलम्वित सांसद तथा पुर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई पक्राउ गर्न डिएसपी कार्कीलाई खटाइएको भएतापनी उनले उल्टो आलमलाई भगाउन मद्धत गरेका थिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका आलमलाई डिएसपी कार्कीले असोज १५ गते तत्कालिन प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललाई आलम भारतमा रहेको गलत रिपोर्टिङ गर्दै भगाएका थिए। त्यसपछि सचिवालयबाट गएको टोलीले असोज २६ गते बिहान गौर चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकैबाट पक्राउ गरेको थियो ।

कार्कीलाई यसअघि वडा प्रहरी कार्यालय बैदाम बस्दा पनि उनले विभिन्न डान्स क्लब ,होटेलसँग मासिक हप्ता अशुली गर्ने गरेको आरोप पनि लागेको थियो। कार्कीले ट्रान्स पार्टी गराएर समेत असुली गर्ने गरेको श्रोतले बताएको छ ।

यता सचिवालय कार्यरत एसपी खत्री पनि पटक पटक विवादमा आउने गरेका प्रहरी अधिकारि हुन्। विवादित मिटरब्याजी मिन केसी मार्फत लगानी गर्दै आएका खत्रीको थुप्रै मिटरब्याजीसँग साँठगाठ रहेको श्रोतले बताएको छ। रौतहटमा रहँदा संगै काम गरेका कार्कीलाई उनकै दबावमा महानगरिय प्रहरी वृत्त बौद्ध सरुवा गरिएको बताइएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।