
काठमाडौं, ७ चैत्र । विश्वभर कोरोना भाइरस (कोभिड १९) डरलाग्दो त्रास छ । नेपालमा हालसम्म परिक्षण गरिएका मध्ये कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन । तर, काठमाडौं शहर छाड्नेहरुको भने घुँइचो लाग्न थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र जनताको नाममा संबोधन गरेको केही बेरमा कलंकी पुग्दा सर्वसाधरणको भिडभाड मात्रै थिएन । कलंकीदेखि नैकापसम्म निकै लामो जाम थियो ।
कलंकीमा भेटिएका एक सर्वसाधरणले आफू दिनभर बस कुरेर बसेको तर बसमा सिट नपाएको गुनासो गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीको यातयात चल्न रोक लगाउने घोषणा गरेका थिए ।
फोटोमा हेर्नुहोस् कलंकीमा सर्वसाधरणको भिडभाड



