सरकारी दमनको प्रतिरोधबाहेक अन्य आक्रामक कारबाही बन्द गरेको विप्लवको घोषणा

दियो पोस्ट  

काठमाडौँ, चैत १० । सरकारबाट प्रतिवन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आक्रामक कारबाही बन्द गरेको घोषणा गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती जारि गर्दै नेकपाले सरकारी दमनको प्रतिरोधबाहेकको अन्य आक्रमक कारबाही बन्द गरेको घोषणा गरेको हो ।

विज्ञप्तीमार्फत देश कोरोनाभाइरसको सन्त्रासमा रहेको कारण सम्पुर्ण कार्यकर्तालाई आम जनतामाझ सचेतना फैलाउन र जागरुक बनाउन लाग्न निर्देशन दिइएको छ । कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको असर र जोखिम आम नेपालीमा पनि परेकोले सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी कोरोना संक्रमणका विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गर्दछ । यो बेला देशको सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ । तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरुलाई आफु सचेत बन्दै आम जनतालाई कोरोना बिरुद्ध जागरुक हुन निर्देशन दिन्छ’ विज्ञप्तीमा भनिएको छ, ‘ साथै कोरोनाभाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाही बाहेक अन्य आक्रामक कारबाही हरु बन्द गरिएको जानकारी आम जनसमुदायमाझ अवगत गराउँछौँ ।’

TATA ADD