काठमाडौँ, चैत १० । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो एक महिनाको तलब कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
सरकारले कोरोनाबिरुद्ध लड्नका लागि कोष स्थापना गर्ने निर्णय गरेपछि सभामुख सापकोटाले आफ्नो एक महिनाको पारिश्रमिक उक्त कोषलाई उपलब्ध गराउने भएका हुन् ।
संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पूर्व तयारीस्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।