भारतमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो !

दियो पोस्ट  

एजेन्सी, चैत ११ । भारतमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

मंगलबार बिहान भारतको मुम्बइमा कोरोनाबाट एक जनाको मृत्यु भएको हो ।

हालसम्म भारतमा ५ सय ११ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उनिहरुमध्य ३७ जना निको भएर घर फर्किसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना नियन्त्रण गर्नका लागि देशका ५ सय ४८ जिल्ला पुर्ण रुपमा लकडाउन गरिएको छ ।