
काठमाडौँ, चैत ११ । मंगलबार बिहान भरतपुर कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचाररत एक युवाको मृत्यु भएको छ । विरगंज महानगरपालिका–२२ स्थित जगन्नाथपुरका ३० बर्षीय सन्तोष यादव रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंकामा सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो ।
उनको १० गते दिउँसोदेखिबाट नै श्वासप्रस्वासमा समस्या बढेपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा सारिएको अस्पतालले जनाएको छ । आइसीयुमा राखिएको भएतापनि स्वास्थ्यस्थित झन खराब हुँदै गएपछि मंगलबार बिहान ९ बजे उनको मृत्यु भएको हो ।
अस्पतालले एक विज्ञप्ती जारि गर्दै मृतक यादवको स्वाव परिक्षणको लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । रिपोर्ट आएपश्चात मात्र मृतक युवकमा कोरोना भएको या नभएको पुष्टि हुने छ ।
