त्रासमा धर्म प्रचारः ‘येशुका अनुयायी बने कोरोना लाग्दैन’ भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

दियो पोस्ट  

काठमाडौँ, चैत ११ । कोरोनाभाइरसको त्रास बढीरहँदा केही दिनअघि सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको थियो । उक्त भिडियोमा एकजना पास्टरले येशुका अनुयायीहरुलाई कोरोनाभाइरसले नछुने बताएका थिए ।

सोही भिडियोमा प्रवचन दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनि जुम्ला घर भई पोखरा बस्दै आएका केशवराज आचार्य रहेका छन् । प्रहरीले उनलाई धर्मको नाममा अफवाह फैलाएको अभियोगमा मुद्धा चलाउने तयारी थालेको छ ।

कोरोनाको त्रास बढिरहँदा धर्म प्रचार गरेको भन्दै सामाजिक संजालमा पनि उनको चर्को विरोध भएको थियो । सरकारले यसअघि नै त्रासको समयमा अनावश्यक भ्रम सिर्जना गर्नेलाई कडा कारवाही गर्ने घोषणा गरेको थियो ।