वुहानमा पाँच दिनपछि फेरि भेटियो कोरोनाभाइरसको नयाँ संक्रमित

दियोपोस्ट संवाददाता

एजेन्सी, चैत ११ । कोरोनाभाइरस (कोभिड–१९) को इपिसेन्टर चिनको हुबे प्रान्तस्थित वुहान शहरमा पुनः नयाँ संक्रमित भेटिएको छ । चिन सरकारले उक्त भाइरस नियन्त्रण भएको बताएतापनी मंगलबार पुनः नयाँ संक्रमित भेटिएको हो । चीनमा लगातार पाँच दिनसम्म नयाँ संक्रमित भेटिएका थिएनन् ।

बीबीसीका अनुसार मंगलबार वुहान शहरमा ८० जनामा कोरोनाभाइरस देखिएको छ । त्यहाँको सरकारले उनिहरुलाई आइसोलेशनमा राखेर उपचार गरिरहेको छ भने उनिहरुसँग सम्पर्क भएका अन्य ब्यक्तिहरु पत्ता लगाउने कामलाई तीब्र बनाएको छ ।

करिब करिब नियन्त्रणमा आइसकेको कोभिड–१९ पुनः देखिनुले चीनमा फेरि पनि त्रास उत्पन्न भएको छ । सरकारले उच्च सतर्कता अपनाउन उर्दी जारि गरेको भएतापनी नयाँ संक्रमित फेला परेपछि भाइरस नियन्त्रणमा थप चुनौती उत्पन्न भएको हो ।

नयाँ फेला पारिएका संक्रमितहरु विदेशी नागरिक भएको समेत बीबीसीले जनाएको छ । चीनले आफ्नो देशमा भाइरस नियन्त्रित रहेको भएतापनी विदेशी नागरिकको कारणले फैलिएको दावि गर्दै आएको छ ।

सिफारिस