गड्डाचौकीमा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिइने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौँ, चैत ११ । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।

समितिको सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । सरकारले आइतबार नै सीमा बन्द गरिसकेकाले उनीहरुले नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो । बैठकमा स्वास्थ्य उपकारणहरु ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने र कोषहरु स्थापनाका बारेमा सवै संस्थाहरुले सरकारी कोषमा रकम जम्मा गर्न आह्वान गर्ने व्यवस्था गरेको छ ।