‘लकडाउन’ अवज्ञा गरेपछि सप्तरीमा सेना परिचालन

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १२ । सरकारले जारि गरेको लकडाउन उल्लंघन गरेपछि सप्तरीमा सेना परिचालन गरिएको छ । मंगलबार बिहानबाट लकडाउन लागु गरिएको भएतापनि सप्तरीका मानिसहरुले नियमको बेवास्ता गर्दै आएपछि सरकारले सेना परिचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीकाअनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परिचालन गरिएको हो । प्रहरीलाई नियन्त्रण गर्न समस्या देखिएपछि सेना परिचालन गरिएको सूचना अधिकारी आनन्द ठाकुरले बताए ।

सप्तरीका अधिकांश बजार खोलिएको छ भने सडकमा सवारीसाधन पनि चलिरहेको छ । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने नेपाली सेनाका सहायक रथी प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

बुधबार बिहानदेखि स्थानीय प्रशासनले प्रमुख बजारमा माइकिङ समेत गराउँदै घर बाहिर ननिस्कन आग्रह गरेको थियो । सेना सडकमा ओर्लेपछि लकडाउनको पूर्णपालना भइरहेको छ ।

सिफारिस