लकडाउनको दोस्रो दिनः प्रहरीद्धारा सडकमा अलपत्र परेका वृद्धवृद्धाको उद्धार

लकडाउनको दोस्रो दिनः प्रहरीद्धारा सडकमा अलपत्र परेका वृद्धवृद्धाको उद्धार

काठमाडौँ, चैत १२ । प्रहरीले सडकमा भिख मागेर गुजारा गर्ने वृद्धवृद्धाको उद्धार गरेको छ । बुधबार कास्कीका विभिन्न स्थानमा मागी खाँदै सडकपेटीमा नै सुत्ने वृद्धवृद्धालाई उद्धार गरेको हो ।

उद्धार गरिएको ३ जना वृद्ध र २ जना वृद्धालाई सडकबाट उद्धार गरि मानवसेवा आश्रम पोखरामा पठाइएको प्रहरीले जानकारि दिएको छ ।

राम्रो खानपान र उचित सरसफाइको अभावमा कमजोर स्वास्थ्य अवस्थाका वृद्धवृद्धाहरु कोरोना भाइरस तथा कुनैपनि रोगको शिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटीमा मागेर जीवन चलाउँदै आएका वृद्धवृद्धाको उद्धार गरिएको जनाइएको छ ।

विश्वको अधिकांश देश हुँदै नेपालसम्म आइपुगेको कोरोनाभाइरको महामारि फैलिन नदिनका लागि सरकारले मंगलबार बिहानदेखि नै लकडाउन घोषणा गरिसकेको छ ।

Trending News