मलेखु स्थित राजमार्ग अस्पताल बन्यो क्वारेन्टाइन र आइसोलेशन वार्ड !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
धादिङ, १४ चैत्र । कोरोना भाइरस कोभिड १९ संक्रमणबाट विरामी भएकाहरुलाई उपचार गर्नका लागि सरकारले आफ्नो तयारी गरिरहेको छ ।

यद्धपी सरकारी तयारी र रबैयाको चौतर्फी आलोचना भइरहेको छ । तर, जनस्तरबाट नै क्वारेन्टाइन बनाउने मात्रै होइन अस्पताल नै कोरोना विरुद्ध लड्ने गरी तयारी हुन थालेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित मलेखुमा रहेको राजमार्ग सामुदायीक अस्पतालमा पनि क्वारेन्टाइन र आइसोलेशन बेड तयार पारिएको छ ।


पूर्व मन्त्री तथा नेकपाका प्रभावशाली नेता प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेको पहलमा क्वारेन्टाइन बनाइएको हो ।


शुरुमा बेनिघाट रोराङ गाउँपालिकाकै सहयोगमा क्वारेन्टाइन बनाउने भनिएपनि अन्तिममा गाउँपालिकाले आंशिक मात्रै सहयोग गरेको थियो । पाण्डे र राजमार्ग विकास तथा उद्दार युवा क्लबको सहयोगमा राजमार्गमा कोरोना भाइरसबाट बाँच्न सुरक्षित बनाउन लागिएको बताइएको छ । राजमार्ग अस्पतालले आइशोलेशनका लागि २ वटा बेड र क्वारेन्टाइनका लागि ३ वटा बेड तयार पारेको छ ।

अस्पतालमा कार्यरत डा. सञ्जय यादवका अनुसार दैनिक ३० देखि ४० जना सर्वसाधरण बहिरंग सेवाका लागि अस्तपाल आउने गरेका छन् । ती मध्ये केही शंकाष्पद विरामीलाई काठमाडौं पठाइएको छ । डा. झाका अनुसार कोरोना भाइरस संक्रमित विरामीको उद्दार तथा उपचारका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट पीपीइ भने अभाव छ ।

सम्बन्धित खबर