बुटवल, चैत्र १८ । बिश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रकोप बढेसंगै नेपाल सरकारले देशभर लकडाउन गरेको आज आठौँ दिन पनि देशभरको जनजीवन ठप्प रहेको छ ।
लकडाउनका कारण बजारमा दैनिक उपभोग्य बस्तुहरुको अभाव देखिएता पनि बुटबलका तरकारी गोदाम भने तरकारी कुहिएका कारण दुर्गन्धित बनेका छन् । माग अनुसारको तरकारी गोदाममा रहेता पनि लकडाउनका कारण ब्यापार नभएको ब्यपारीको गुनासो छ । बिक्रि नहुँदा तरकारी कुहिएर खेर गएको बताउँछन् बुटबलस्थित कृषि उपज थोक बजार केन्द्रका ब्यापारी नारायण अधिकारी । उनी भन्छन्- “लकडाउका कारण आयात सहज भए पनि बाहिरी जिल्लामा तरकारी पठाउन सकिएको छैन, गोदामको तरकारी गोदाममै कुहिएर जाने भयो ।”
लकडाउनका कारण ब्यापार नभएको र लगनी नै डुब्ने हो कि भनने चिन्तामा उनी छन् । यसका लागि तरकारी लगायत दैनिक उपभोग्य बस्तुहरु सहज तरिकाले बिक्रि बितरण हुने वातावरण बनाइदिन सरकारसंग उनको अपिल छ ।
त्यसो त, लकडाउन लागु भएयता चार लाख बराबरको ब्यापार घाटा भएको बताउछन् थोक बिक्रेता असिक अलि । “तरकारी बेच्न पाएको छैन, किन्न आउनेहरु पनि आउदैनन् । प्रहरीले कसैलाई छिर्न दिदैँनन । सडेको तरकारी गाई गोरुले पनि खाँदेनन् ।”
उनको गोदाममा तीन लाख बराबरको तरकारी बिक्रि हुन बाँकी छ । उनी बाँकी तरकारी पनि कुहिने हो कि भन्ने चिन्तामा छन् । तरकारी बिक्रि भए केही मात्रामा भए पनि लगानी उठ्नेमा उउनको बिस्वास छ । तर, लकडाउनको समायवधी बढेकाले बाँकी तरकारी जोगाउनै मुस्किल रहेको उनले बताए ।
टमाटर, काउली, बन्दा, सिमी, काक्रो, फर्सी लगायत तरकारी कुहिएको ब्यापारीहर बताउँछन्