प्रधानमन्त्री ओलीले वार्ता गर्ने घोषणा गरेको भोलीपल्टै प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्री ओलीले वार्ता गर्ने घोषणा गरेको भोलीपल्टै प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १७ फागुन । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध ३५ दिने पक्राउ पुर्जि जारी भएको छ ।


जिल्ला अदालत उदयपुरले उनीविरुद्ध ३५ दिने पक्राउ पुर्जि जारी गरेको हो । कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मालकोट घर भएका प्रकाण्ड विरुद्ध प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जि जारी गरिएको भन्दै गोरखापत्रमा सुचना नै छापिएको छ ।


प्रकाण्ड विरुद्ध बम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ पुर्जि जारी गरेको हो । यसअघि पटक पटक पक्राउ परेका उनलाई सर्वोच्च अदालतको आदेशमा छाडिएको थियो । नेकपाका प्रभावशाली नेता मध्ये पर्ने प्रकाण्ड भूमिगत रुपमा सक्रिय छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने घोषणा गरेका थिए । नेकपाका महासचिव विप्लवले पनि केही दिनअघि आफू वार्ताका लागि तयार भएको विज्ञप्ति निकालेका थिए ।

Trending News