सरकार र विप्लव समुहबीचको वार्ता सकियो : वार्ता सकारात्मक !

सरकार र विप्लव समुहबीचको वार्ता सकियो : वार्ता सकारात्मक !

काठमाडौं, १९ फागुन । ओली समुहले नेतृत्व गरेको सरकार र प्रतिवन्धित विप्लव समूहबीच बुधबार बिहान पहिलो चरणको औपचारिक वार्ता भएको छ । पहिलो चरणको वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोली संयोजक राजन भट्टराईले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए ।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’

वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता÷कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग अघि सारेको छ ।

मंगलबार सरकारले वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन गरेको थियो ।

Trending News