काठमाडौं, २० फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सो समुहमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।
यसअघि विहिबार विहानै सरकार र विप्लव समुहबीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिलाई बैठकले अनुमोदन गरेको छ ।