विशाल भट्टराईले संसद बैठक बोलाएपछि देव गुरुङ्ग भन्छन्,‘बैठक आधिकारीक होइन?’

विशाल भट्टराईले संसद बैठक बोलाएपछि देव गुरुङ्ग भन्छन्,‘बैठक आधिकारीक होइन?’

काठमाडौं, २० फागुन । नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । ओली समुहलले डाकेको बैठकको सुचना प्रचण्ड माधव समुहका सांसदलाई समेत पठाइएको छ । तर, प्रचण्ड माधव समुहले भने उक्त बैठक नै अवैधानिक भएको बताएको छ ।


नेकपा संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङ्गले उक्त बैठक नै आधिकारीक नभएको बताए । ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईलाई पार्टीले कारबाही गरिसकेकाले उक्त बैठक नै अवैधानिक हुने उनले बताए । ‘उहाँलाई पार्टीले कारबाही गरिसकेको छ । त्यो बैठक कसरी अथेन्टिक हुन्छ र,’ गुरुङ्गले दियोपोस्टसँग भने,‘हामीले बोलाएको बैठक मात्रै आधिकारीक हुन्छ । हामीले अस्ति पनि बैठक बोलाइसक्यौँ । त्यो नै आधिकारीक हो ।’

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक फागुन २३ गते आह्वान गरेकी छिन् । नेकपा ओली समुहले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

Trending News