धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित रहेको पञ्चकन्या सामुदायीक वनमा भएको वन विनासको घटना गाउँमै मिलाइएको छ ।
घटनामा समलग्न भएको अभियोगमा स्थानिय बृद्धहरुलाई जिल्ला वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो तर, वडाध्यक्ष टिका थपलियाको रोहबरमा मिलापत्र गरि काठ फिर्ता गरिएको हो । उक्त काठहरु सामुदायीक वन उपभोक्ता समितिलाई नै फिर्ता गर्ने गरि सहमति भएको पाइएको छ ।
सामुदायीक वनमा सयौँ क्युफिट काठ काटेको अभियोगमा स्थानिय घननाथ थपलिया, पुष्पराज थपलिया, विनोद थपिलिया विरुद्ध विभिन्न निकायमा उजुरी परेको थियो । उपभोक्ता समितिका अध्यक्ष यादव प्रसाद थपिलयाको अध्यक्षतामा बसेको बैठकले काठ फिर्ता लिने निर्णय गरेको पाइएको हो ।