राजश्व छलीको पोल खुलेपछि इन्भेष्टमेन्ट बैंकमा छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र १४, २०७८ | २२:१३:४३

युवराज पहाडी

काठमाडौं । नेपाल इन्भेष्टमेट बैंकमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । केहीदिन अघि विभागको टोलीले बैंकको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार केही वर्षअघि बैंकले जारी गरेको एफपिओमा अर्बौं राजश्व छली गरेको पाइएपछि विभागले छापा मारेको हो । बैंक स्रोतका अनुसार केही वर्ष अघि बैंकले सेयरको नयाँ निष्काशन (एफपिओ) जारी गरेको थियो । सोही आइपिओमा ठूलो घोटाला भएको आरोप छ ।
बैंकले १०० रुपैयाँ अंकित दरको शेयरमा ५०१ रुपैयाँ प्रिमियम जोडेर ६०१ प्रति कित्ता शेयर जारी गरेको थियो । त्यतिबेला बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर जारी गरेको थियो ।

राजश्वको छापापछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई ठूलो छटपटी भएको छ । उनले विभिन्न शक्ति केन्द्र मार्फत सरकारी कर्मचारीमाथि दबाव सिर्जना गराउन लागि परेका छन् ।

छानबीन प्रभावित पार्न बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे समेत लागेका छन् । करोडौंको रेन्जरोभर गाडीमा पाण्डे शक्तिकेन्द्रको घरसम्म धाउने गरेको स्रोतको दाबी छ । शक्ति केन्द्रलाई प्रभावमा पार्न दौडधुपमा लागेका सिइओ पाण्डेको नम्बरमा फोन गर्दा उनको मोबाइल स्विच अफ छ ।

 

सम्बन्धित खबर