नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

दियोपोस्ट संवाददाता

धनुषा । धनुषामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित रतन सागर पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ३० वर्षीय सोनु साहको मृत्यु भएको हो । उनको शनिबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।