अवैध लागूऔषधसहित तीन जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका– १२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादव रहेका छन् । उनलाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको हो ।

उनी पर्साको वीरगंज महानगरपालिका–१६ रजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ९० मिलिग्रामसहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ