छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौंको कोटेश्‍वरमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–४ घर भएका ३५ वर्षीय हरिशरण अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, काठमाडौंकै बल्खुमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई काठमाडौं सतुङगल बस्ने ३४ वर्षीय भुपती पाण्डेको रहेका छन् । घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै काठमाडौं महानगरपालिका–३ बसुन्धारामा बा.१९ च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२–०४० प २१०८ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मुत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका–१० घर भई काठमाडौं बस्ने २७ वर्षीय उपेन्द्र बुढा रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थितमा लु.७९ प ३६६० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मुत्यु भएको छ । मुत्यु हुनेमा सोही ठाउँ बस्ने ५४ वर्षीया लक्ष्मी न्यौपाने रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकरापुर हुँदै चौराहा अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाराको फेटा गाउँपालिका–१ भलुहि बजारमा स१ ह ७०८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार एक भारतिय बालिकाको मृत्यु भएको छ । भारत मोतिहारी पुर्वि चम्पारण कोरिया टोल रक्सौल बस्ने आतित्य श्रीवास्तवको छोरी ३ वर्षीया परि कुमारीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–३३ सुसाने पहरास्थित सडकमा ना.६ त ८१८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अनिल पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चितवनको ईच्छाकामना गाउँपालिका–४ पृथ्वीराजमार्गको लेवटारस्थित सडकमा युपी ७० डीटी ६०५५ नम्बरको ट्याङकर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृतकको हालसम्म कुनै नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना घाइते भएका १ जनालाई ट्रमा सेन्टर कुरिनटार हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।