तेह्रथुममा करेन्ट लागेर एकजनाको मृत्यु

दियो पोस्ट  

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । लालिगुँरास नगरपालिका–७ च्याक्चे बस्ने ३५ वर्षीय याम बहादुर लिम्बुको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । सोही नगरपालिका–७ लसुने बजार बस्ने गुर्गा बहादुर तामाङको घरको ढलान गरेको सेटिङ खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।