पौडी खेल्ने क्रमम डुबेर एक बालिकाको मृत्यु

दियो पोस्ट  

कैलाली । कैलालीमा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटा बस्ने नागमल नाथ योगीको छोरी १४ वर्षीया सिर्जना नाथ योगीको मृत्यु भएको हो । सोही ठाउँस्थित रानी जमरा सिंचाई नहरमा पौडी खेल्ने क्रममा डुबेर आइतबार (हिजो) दिउँसो मृत्यु भएको छ ।