सुर्खेत । कर्णाली राजमार्गस्थित दैलेखको आठबिस नगरपालिकामा यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप आठबिस नगरपालिका–१ डाब नजिकै कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।
बोलेरो जिपमा सवार १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेकफेल भएर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।